तीन दिनको गिरावटपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो



 मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लो तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से यस दिन भने बढेर बन्द भएको हो।



यस दिन नेप्से परिसूचक १२.७३ अंक बढेर २०८८.७० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.२८ अंक, फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक बढेको छ। 

नेप्से परिसूचक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८२ स्टकको ४६ हजार ७३१ पटकको कारोबारमा २ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। 

यस दिन सिटि होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो होटलको शेयरमूल्य यस दिन ५० रुपैयाँ ८० पैसा बढेर ५५९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन मानुषी लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने सिंगटी हाइड्रोपावरको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यस दिन बिपिडब्लु लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १५५ रुपैयाँ ४० पैसा घटेर १ हजार ३९९ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनएलजी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट्को ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। 

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

No comments

Powered by Blogger.