सिनर्जी पावरले ५० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट पायो अनुमति
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड (SPDL) ले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ।
कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो। कम्पनीले कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद बिक्रीमा ल्याउने भएको छ।
विद्युत नियमन आयोगले आयोगले कम्पनीलाई माघ १२ गते हकप्रद निश्काशन गर्न स्वीकृती दिएको थियो।
कम्पनीले १० मेगावाट क्षमताको दोलखा जिल्लामा निर्माणाधिन सिप्रिङ खोला जलविद्युत आयोजना प्रबर्द्धन गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
Post a Comment