साउन माहिनाको लागि अधिकांश बैंकहरुले घटाए ब्याजदर


वाणिज्य बैंक र विकास बैंकहरुले साउन माहिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन्। बैंकर्स संघले ब्याजदरको कार्टेलिङ खारेज गरेपछि बैंकहरुले आफ्नै तरिकाले ब्याजदर निर्धारण गरेका छन् ।

सबैको एउटै ब्याजदर हुँदै आएकोमा साउनबाट फरक फरक ब्याजदर देखिने भएको छ। अधिकांश बैंकहरुले साउन माहिनामा ब्याजदर घटाउदा केही बैंकहरुले भने बढाउने निर्णय गरेका छन्। 

व्यक्तिगत तर्फ मुद्दती खातामा बढीमा १ वर्ष अबधिको लागि बाणिज्य बैंकबाट सर्बाधिक प्राइम कमर्सियल बैंकले १०.९३ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ भने सबैभन्दा कम नेपाल एसबीआइ बैंकले ८.२० प्रतिशत दिने भएको छ। यसरी औसतमा हेर्दा बाणिज्य बैंक हरुले व्यक्तिगत तर्फ मुद्दती खातामा ९.६३ प्रतिशत र संस्थागत तर्फ ७.६० प्रतिशत दिने भएका छन्।  

हालसम्म प्रकाशित विकास बैंक हरुमा सर्बाधिक व्यक्तिगत तर्फ मुद्दती खातामा बढीमा १ वर्ष अबधिको लागि कर्णाली विकाश बैंकले सर्बाधिक १०.८५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ भने सबैभन्दा कम कामना सेवा विकास बैंकले ९.९९ प्रतिशत दिने भएको छ। यसरी औसतमा हेर्दा विकास बैंकहरुले व्यक्तिगत तर्फ मुद्दती खातामा १०.२० प्रतिशत र संस्थागत तर्फ ८.७ प्रतिशत दिने भएका छन्।


No comments

Powered by Blogger.