विवादित घोराही सिमेन्टको आइपिओ फेरी खुल्दै, आवेदन दिएका आवेदकले भने शेयर थपघट वा आवेदन खारेज गर्न पाउने
नेपाल धितोपत्र बोर्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपिओ आवेदन प्रकृया पुन: संचालन गर्न अनुमती दिएको छ।
कम्पनीको सार्वजनिक निष्काशनमा मागभन्दा बढी कित्ता शेयरको लागि आवेदन प्राप्त भएको र कम्पनीले बढी आवेदन प्राप्त भएको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्न सूचना प्रकाशित गरेपश्च्यात बोर्डले सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै घोराही सिमेन्टको आइपिओको सम्पूर्ण प्रक्रिया स्थगन गरेको थियो।
धितोपत्र बोर्डले असार ०४ गते घोराही सिमेन्टको आइपिओ प्रकिया रोकेपश्च्यात जाँचबुझ गर्न गठन गरिएको समितिको निर्णय बमोजिम कम्पनीलाई आइपिओ निष्काशन प्रकृया अगाडि बढाउन मार्ग प्रशस्त गरिएको हो। यससँगै, घोराहि सिमेन्टले यसअघि ५ दिन आइपिओ निष्काशन गरेकोमा आवेदकको आवेदनमा थपघट वा खारेजीका लागि ३ दिन थप्दै आइपिओ निष्काशन गर्न पाउने र त्यसपश्च्यात बढीमा ७ दिन थप्दै निष्काशन खुल्ला गर्न पाउने भएको छ।
समितिको निर्णय अनुरुप लगानीकर्तालाई भ्रमित पार्न बढी आवेदन दिएकाको हकमा जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष छानबिन गर्न सिफारिस गरिने भएको छ। साथै, आस्वा सदस्य एन आई सी एशिया बैंक लिमिटेडले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकाले यस बिषयलाई पनि छनबिन गरी आवश्यक कारवाही अगाडि बढाउने उल्लेख गरिएको छ।
कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपिओ निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ।
गठन गरिएको समितिको प्रतिवेदनका आधारमा बोर्डले देहायबमोजिम निर्णय गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ।घोराही सिमेन्टले आफ्नो जारी पूँजी रु.३,९७,१९,००,६००/- को २०% अर्थात रु.७९,४३,८०,१००/- बराबरका ७९,४३,८०१ कित्ता मध्ये सार्वजनिक निष्काशनको ५% तथा जारी पूँजीको १% ले हुन आउने जम्मा रकम रु.३,९७,१९,०००/- बराबरको अंकित मूल्य रु.१००/- मा प्रिमियम वापत रु.३००/- थप गरी प्रति शेयर रु.४००/- को दरले ३,९७,१९० कित्ता मध्ये उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई तथा सार्वजनिक निष्काशनको १०% ले हुन आउने जम्मा रकम रु.७,५४,६६,१००/- बराबरको अंकित मूल्य रु.१००/- मा प्रिमियम वापत रु.३३५/- धप गरी प्रति शेयर रु.४३५/- को दरले ७,५४,६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई सार्वजनिक निष्काशनको ५% से हुन आउने ३,७७,३३१ किता शेयर सामुहिक लगानी कोष र सार्वजनिक निष्काशनको ५% ले हुन आउने ३,७७,३३१ कित्ता शेयर कम्पनीको कर्मचारीलाई मध्ये ७७,२९० कित्ता उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ६,०६,३५० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई ३,२८,९६१ कित्ता शेयर सामुहिक लगानी कोषलाई र १९,५३० कित्ता शेयर कम्पनीको कर्मचारीलाई बाँडफाँड गरेपश्चात बाँकी रहेको ८,७४,३८२ कित्ता समेत गरी अंकित मूल्य रु.१००/- मा प्रिमियम वापत रु.३३५/- थप गरी प्रति शेयर रु.४३५/- को दरले ६९,११,६७० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो।
Post a Comment