मशान्त अघि धमाधम मर्जरको स्वीकृति दिँदै राष्ट्र बैंक,याे साता मात्र एक दर्जन कम्पनीको एकीकृत कारोबार



आर्थिक वर्षको अन्तिममा नेपाल राष्ट्र बैंकले मर्जरको प्रकृयामा रहेका कम्पनीहरुलाई धमाधम एकीकृत कारोबारको लागि अनुमति दिन थालेको छ। केन्द्रिय बैंकले असार अन्तिमसाताबाट एकिकृत कारोबार सुरु गर्न करिव एक दर्जन कम्पनीलाई अनुमति दिएको छ।

केन्द्रिय बैंकले असार लागेपछि एक दर्जन कम्पनीलाई एकीकृत कारोबारको लागि अनुमति दिएको हो। 

केन्द्रिय बैंकले बिहीबार मात्रै आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तलाई एकीकृत कारोबारको लागि अनुमति दिएको छ। यी दुई लघुवित्तलाई आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट असार ३१ गतेदेखि एकीकृत कारोबार गर्नको लागि अनुमति दिएको हो।

बुधबार मात्रै केन्द्रिय बैंकले विजय लघुवित्त र नयाँ सारथि लघुवित्तलाई विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्न अनुमति दिएको थियो। यी दुई लघुवित्तले पनि असार ३१ गतेदेखि एकीकृत कारोबार गर्न स्वीकृति पाएका हुन्। 

नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तले पनि बुधबार केन्द्रिय बैंकबाट एकिकृत कारोबार सुरु गर्न अनुमति पाएका थिए। असार ३० गतेदेखि नेश्नल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार गर्न लघुवित्तले अनुमति पाएको हो। 

लक्ष्मी बैंक र सनराइज बैंकले पनि असार २९ गतेदेखि एकिकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका छन्। केन्द्रिय बैंकले लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्न अनुमति पाएका हुन। 

राष्ट्र बैंकले यी बैंकलाई नै लक्षित गरी असारभित्र एकिकृत कारोबार गरे नियामकिय छुट दिने व्यवस्था गरेको थियो। नेपाल राष्ट्र बैंकले २०८० असार मशान्तभित्र एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थालाई ६ सुविधा उपलब्ध गराउने गरी गत जेठ २३ गते निर्देशन जारी गरेको थियो। यसअघि पुस मशान्तसम्म एकीकृत कारोबार गर्ने संस्थाले मात्रै छुट पाउने बताएको थियो। सोहि सुविधा पाउने भएकोले पनि बैंहरुले असार मशान्तभित्रै एकीकृत कारोबार गर्न लागेका हुन्।

यस्तै केन्द्रिय बैंकले गत असार १८ गते साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तलाई एकीकृत कारोबार सुरु गर्न अनुमति दिएको थियो। केन्द्रिय बैंकले असार २४ गतेदेखि साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्न अनुमति दिएको हो। 

धौलागिरी लघुवित्त र खप्तड लघुवित्तले पनि असार १२ गते एकिकृत कारोबार गर्न केन्द्रिय बैंकबाट अनुमति पाएका थिए। उनीहरुले असार २० गतेबाट धौलागिरि लघुवित्त वित्तीय संस्थाको नामबाट असार २० गतेदेखि एकीकृत कारोबार गर्न अनुमति पाएका हुन्। 

मर्जरको सम्झौता गरेर बसेका अधिकाँश कम्पनीहरुले यहि असार मशान्तभित्रै एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।

No comments

Powered by Blogger.