हाथवे इन्भेष्टमेन्टले साउन ४ गतेदेखि आईपीओ निष्काशन गर्दै
साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले सर्बसाधारण लगानीकर्ताहरुको लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ, जसमध्ये पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् २ लाख ९२ हजार ५०० कित्ता शेयर साउन ४ गतेदेखि निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक, वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।
Post a Comment