एकै दिन सूचीकृत भएर एकै दिन काराेबारमा आएका दुई हाइड्रो, एउटा दुवै दिन पोजिटिभ अर्को दुवै दिन नेगेटिभ सर्किट, How?
सोमबार दुई वटा हाइड्रोपावर कम्पनी नेप्सेमा सुचीकृत भएर मंगलबारबाट कारोबार शुरु भयो । रावा इनर्जी डेभलपमेन्ट र मोदी इनर्जी लिमिटेडको एकै दिन कारोबार भएकोमा रावा इनर्जीको सकारात्मक सर्किट लेभलमा कारोबार भएर २७९.६० रुपैयाँमा अन्तिम कारोबार भयो भने मोदी इनर्जी २७० रुपैयाँमा कारोबार शुरु भएकोमा नकारात्मक सर्किट लागेर २४३ रुपैयाँमा अन्तिम कारोबार भयो ।
दुवै कम्पनी दोस्रो दिन बुधबार कारोबार हुँदा पनि रावा इनर्जीको सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने मोदी इनर्जी नकारात्मक सर्किट लेभलमा कारोबार भयो । दुवै कम्पनीमा फरक के रहयो भने रावा इनर्जीमा पहिलो दिन म्युचुएल फन्डले धेरै शेयर बेच्न राखेन । रावाको दोस्रो दिनमा म्युचुएल फन्डले केही शेयर बेचे पनि सकारात्मक सर्किटमै कारोबार भयो । म्युचुएल फन्डले आपूर्ति नदिँदा रावा इनर्जीको सकारात्मक लेभलमा कारोबार भयो भने मोदी इनर्जीमा भने पहिलो दिनदेखि नै म्युचुएल फन्डले शेयर बेचेका थिए ।
मोदी इनर्जीको म्युचुएल फन्डका तर्फबाटै पहिलो कारोबार दिन नै शेयर बेच्न शुरु गर्दा नेगेटिभ सर्किटमा शेयर मुल्य पुग्यो । मोदी इनर्जीको पहिलो दिन नै झन्डै ७० हजार कित्ता शेयर कारोबार भएको थियो भने दोस्रो दिन बिहीबार पनि झन्डै २७ हजार कित्ता कारोबार भयो । पछिल्लो समय सर्वसाधारण लगानीकर्ताले हरेक आइपीओमा १० कित्ता भन्दा बढी शेयर पाउने सम्भावना छैन भने वैदेशिक रोजगारमा गएका कामदारलाई खोलिने आइपीओमा भने ५०–६० कित्तासम्म पर्ने सम्भावना रहेको छ । साधारणतया बल्कमा शेयर कारोबार हुँदा त्यो शेयर म्युचुएल फन्डले नै बेचेको मान्नुपर्ने हुन्छ । मोदी इनर्जी कम्पनीको दुई कारोबार दिनमा २ हजार ४ सय ७८ कारोबारबाट ९६ हजार २ सय ९६ कित्ता कारोबार भएका छन् । दुई कारोबार दिनमा कम्पनीको शेयर मूल्य २० प्रतिशतले घटेको छ । १ सय कित्ता भन्दा मुनि शेयर बेच्नेलाई साधारण लगानीकर्ता मान्ने हो भने पनि १ सय कित्ता भन्दा ठूलो कित्तामा झन्डै ६० प्रतिशत शेयर कारोबार भएका छन् ।शेयर खुलेको पहिलो वा दोस्रो दिन नै ठूलो मात्रामा शेयर बेचेर भर्खरै सुचीकरण भएको कम्पनीको शेयरमा म्युचुअल फन्डकै कारण भारी आपूर्ति आएको देखिएको छ। बजारमा शेयरको माग भन्दा भारी आपूर्ति हुँदा कम्पनीको शेयर मूल्य हरेक दिन १० प्रतिशतले घटेर दुई दिनमा २० प्रतिशतले घट्न पुगेको हो। म्युचुएल फन्डले आइपीओमार्फत आरक्षणमा पाएको शेयर भटाभट पहिलो वा दोस्रो दिन नै बेच्न थालेपछि तिनीहरुको आरक्षण कटौती गर्नुपर्ने माग लगानीकर्ताहरुले गर्न थालेका छन् । केही समय अगाडि नेपाल इन्भेष्टर्स फोरमलगायतका लगानीकर्ता संगठनले गरेको कार्यक्रममा एक लगानीकर्ताको म्युचुएल फन्डको आइपीओमा गरिएको ५ प्रतिशत आरक्षण हटाउन माग गरे । उनले भने–‘आरक्षण हटाउन नसकिएमा केही समयको लागि शेयर बेच्न नमिल्ने गरी म्युचुएल फन्डले आरक्षणमा पाएको शेयर लक गरिनुपर्छ ।’ सो कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले म्युचुएल फन्डले बजारमा पु-याएको योगदानलाई हेरेर आइपीओको आरक्षण जारी राख्ने, हटाउने वा लकिङ पिरियड राख्ने विषयमा निर्णय गरिने बताएका थिए ।


Post a Comment