सेयर बजारमा म्युचुअल फन्डको लगानी २० प्रतिशतले बढ्यो, फन्डहरुको न्याभ पनि सुध्रियो 05 July 2023, Wednesday
नेप्सेमा सूचीकृत ३५ बन्दमुखी र ७ खुलामुखी गरी जम्मा ४२ वटा म्युचुअल फन्डहरुले जेठ महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअवधिसम्म आइपुग्दा फन्डहरुले १ अर्ब ४४ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो महिना यिनीहरुले १ अर्ब १८ करोड ५२ लाख रुपैयाँ नोक्सानी व्यहोरेका थिए । जेठ महिना सेयर बजारमा वृद्धि भएका कारण फन्डहरुको नाफा पनि बढेको हो ।
म्युचुअल फन्डहरुको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले, बजारमा उतारवढाव आउँदा यिनीहरुको लगानी पनि तलमाथि हुने गर्छ । यसका साथै, प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पनि बढ्ने वा घट्ने भइरहन्छ । अघिल्लो महिना २० अर्ब ४६ करोड ९५ लाख रुपैयाँ रहेको फन्डहरुको लगानी अहिले बढेर २४ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा करिब २०% धेरै हो ।
यता, म्युचुअल फन्डहरुको बैंक मौज्दात भने ०.४७% ले घटेको छ । यसअवधिमा फन्डहरुले कुल ८ अर्ब ८२ करोड १२ लाख रुपैयाँ बैंकमा जम्मा गरेका छन् । अघिल्लो महिना ८ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ बैंक मौज्दात थियो । बैंकमा जम्मा रहेको केही रकम सेयर बजारमा लगानी गर्दा यिनीहरुको मौज्दात घटेको जानकारहरु बताउँछन् ।
न्याभमा सानिमा इक्विटी फन्डको अग्रता
जेठ मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै न्याभ सानिमा इक्विटी फन्डको देखिएको छ । यसको न्याभ ९४ पैसाले बढेर १२ रुपैयाँ ८० पैसा पुगेको छ । वैशाखमा न्याभ ११ रुपैयाँ ८६ पैसा थियो । यस अवधिसम्म आइपुग्दा सबै फन्डहरुको न्याभ वृद्धि भएको छ ।
बजार बढेको प्रभाव यिनीहरुको न्याभमा पनि देखिएको हो । सबैभन्दा कम न्याभ मेगा म्युचुअल फन्ड–१ को छ । यसको न्याभ जम्मा ८ रुपैयाँ ६३ पैसा रहेको छ । जम्मा ११ वटा फन्डलहरुको न्याभ १० रुपैयाँ भन्दा कम छ । बाँकी सबैको सो भन्दा धेरै देखिएको छ ।
म्युचुअल फन्डहरुको सेयर बजारमा २४ अर्ब ५४ करोड लगानी : सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको
जेठसम्म आइपुग्दा म्युचुअल फन्डहरुको सेयर बजारमा लगानी बढेको छ । समग्रमा फन्डहरुले २४ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् । यो वैशाख महिनाको तुलनामा करिब २०% धेरै हो । वैशाखमा फन्डहरुले २० अर्ब ४६ करोड रुपैयाँ लगानी गरेका थिए । यस अवधिसम्म आइपुग्दा सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डले १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ भन्दा बढी सेयर बजारमा लगानी गरेको छ ।
अघिल्लो महिनाको तुलनामा उक्त लगानी १७.३२ प्रतिशतले धेरै हो । सबैभन्दा कम एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले ११ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ । जेठमा ४ वटा फन्डको सेयर बजारमा लगानी १ अर्ब भन्दा बढी छ ।
म्युचुअल फन्डहरुको बैंक मौज्दातमा ८ अर्ब ८२ करोड
जेठ सम्ममा म्युचुअल फन्डहरुले ८ अर्ब ८२ करोड १२ लाख रुपैयाँ बैंकमा राखेका छन् । बैंक मौज्दात वैशाख महिनाको तुलनामा ०.४७% ले कम हो । अघिल्लो महिना फन्डहरुको बैंक मौज्दात ८ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ थियो । यसअवधिमा सबैभन्दा धेरै एनआइसी एसिया सेलेक्ट–३० को ६४ करोड १८ लाख रुपैयाँ बराबरको बैंक मौज्दात रहेको छ ।
सबैभन्दा कम सिटिजन्स म्युचुअल फन्ड–१ को २ करोड ४५ लाख रुपैयाँ बराबरको बैंक मौज्दात देखिएको छ । यिनीहरुले बैंकमा रहेको रकम सेयर बजारमा लगानी गर्दा मौज्दात घटेको जानकारहरु बताउँछन् ।
नाफामा एनआइसी एसिया ग्रोथ फन्डको अग्रता
यस अवधिसम्म आइपुग्दा सबैभन्दा धेरै कुल नाफा आर्जन गर्नेमा एनआइसी एसिया ग्रोथ फन्ड अगाडि रहेको छ । जेठसम्म यो फन्डले १२ करोड ६७ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो महिना यसले ६ करोड ५० लाख रुपैयाँभन्दा धेरैको नाफा कमाएको थियो ।
यसअवधिमा ५ फन्डले मात्रै घाटामा रहेका छन् । समग्रमा फन्डहरु १ अर्ब ४४ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो महिना १ अर्ब १८ करोड ५२ लाख रुपैयाँ नोक्सानी व्यहोरेका थियो ।
Post a Comment