अप्पर स्याङ्गे हाईड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न, ५३ हजार ९५० जनाले पाए शेयर


 अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेबाट असार १३ गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको आइपिओको बाँडफाँड आज निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ।
मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १२ लाख ४ सय ७६ जना आवेदन मध्ये योग्य आवेदक ११ लाख ९८ हजार ७७ जनाले आवेदन दिएकोमा ११ लाख ४४ हजार १ सय २७ जना आवेदकको हात खाली भएको छ।
बाँकी आवेदकमा ५३ हजार ९ सय ५० जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्। हाईड्रोपावरको आइपिओमा १ करोड २७ लाख ८८ हजार ७ सय १० कित्ताको लागि कुल रु १।}२७ अर्ब बराबरको योग्य आवेदन परेको थियो।
आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने वेभसाइटबाट हेर्न सक्नुहुन्छ।
कम्पनीको जारी पूँजी रु. २२,००,००,००० को २९.५५% ले हुन आउने रु ६,५०,००,०००/- रकम बराबरको रु. १००/- अंकित दरका ६,५०,००० कित्ता साधारण शेयरको १०% अर्थात ६५,००० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ५% अर्थात ३२,५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र २% अर्थात १३,००० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरि बाँकी रहेको ५,३९,५०० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो।

No comments

Powered by Blogger.