घोराही सिमेन्टको आइपिओ निष्काशन आजबाट पुन: सुचारु हुदै, आवेदन दिएका लगानीकर्ताले असार २४ गतेसम्म शेयर थप/घट वा आवेदन फिर्ता गर्न पाउने
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको प्राथमिक शेयर (आइपिओ) को निष्काशन आज असार २२ गतेबाट पुन: सुचारु हुने भएको छ। कम्पनीको आइपिओमा फर्जी आवेदन परेको देखिएपछि नेपाल धितोपत्र बोर्डले लगानीकर्ता भ्रमित भएको भन्दै सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै आइपिओ निष्काशन रोकेको थियो।
घोराही सिमेन्टको आइपिओ सम्बन्धी छानबिन गर्न गठन गरिएको समितिबाट प्राप्त प्रतिवेदनको आधारमा केहि निर्णयहरु लिदै बोर्डले असार २० गते आइपिओ निष्काशन पुन: सुचारु गर्न स्वीकृति दिएको थियो।
घोराही सिमेन्ट बारे धितोपत्र बोर्डले गरेका निर्णयहरु
आवेदन दिएका लगानीकर्ताको हकमा भने धितोपत्र बोर्डले शेयर थप/घट वा आवेदन खारेज गर्न ३ दिन समय दिनुपर्ने निर्णय गरेबमोजिम कम्पनीले आज असार २२ गते शुक्रबारबाट असार २४ गते आइतबार बैंकिङ्ग समयभित्र गरिसक्न आवेदकका लागि समय निर्धारण गरेको छ। यद्दपी, आवेदकले सो आवेदनमा शेयर थपघट वा आवेदन खारेज गर्न आफ्नो सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा लिखित निवेदन दिनुपर्ने कम्पनीले जानकारी गराएको छ।
घोराही सिमेन्टको आइपिओ निष्काशन मिति छिटोमा असार २४ गतेसम्म रहेको छ भने माग बमोजिम आवेदन नआएमा निष्काशन असार ३१ गतेसम्म लम्बिने छ। तर, असार ३१ अगावै माग गरे बमोजिम आवेदन आएमा निष्काशन बन्द गरिने कम्पनीले उल्लेख गरेको छ।
इच्छुक लगानीकर्ताले कम्पनीको आइपिओमा न्युनतम १० कित्ता देखी अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजी रु.३,९७,१९,००,६००/- को २०% अर्थात रु.७९,४३,८०,१००/- बराबरका ७९,४३,८०१ कित्ता मध्ये सार्वजनिक निष्काशनको ५% तथा जारी पूँजीको १% ले हुन आउने जम्मा रकम रु.३,९७,१९,०००/- बराबरको अंकित मूल्य रु.१००/- मा प्रिमियम वापत रु.३००/- थप गरी प्रति शेयर रु.४००/- को दरले ३,९७,१९० कित्ता मध्ये उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई तथा सार्वजनिक निष्काशनको १०% ले हुन आउने जम्मा रकम रु.७,५४,६६,१००/- बराबरको अंकित मूल्य रु.१००/- मा प्रिमियम वापत रु.३३५/- धप गरी प्रति शेयर रु.४३५/- को दरले ७,५४,६६१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई सार्वजनिक निष्काशनको ५% से हुन आउने ३,७७,३३१ किता शेयर सामुहिक लगानी कोष र सार्वजनिक निष्काशनको ५% ले हुन आउने ३,७७,३३१ कित्ता शेयर कम्पनीको कर्मचारीलाई मध्ये ७७,२९० कित्ता उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुलाई ६,०६,३५० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई ३,२८,९६१ कित्ता शेयर सामुहिक लगानी कोषलाई र १९,५३० कित्ता शेयर कम्पनीको कर्मचारीलाई बाँडफाँड गरेपश्चात बाँकी रहेको ८,७४,३८२ कित्ता समेत गरी अंकित मूल्य रु.१००/- मा प्रिमियम वापत रु.३३५/- थप गरी प्रति शेयर रु.४३५/- को दरले ६९,११,६७० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो।
Post a Comment