गत साता साढे ४ प्रतिशत बढेको नेप्से, यस साता के होला?

 गत साता नेप्से परिसूचक साढे ४ प्रतिशत बढेको छ। अघिल्लो साता २०५५.५३ विन्दुमा रहेको नेप्से, गत साता ४.६४ प्रतिशत अर्थात ९५.४६ अंक बढेर २१५०.९९ विन्दुमा पुगेको छ।

गत साता ५ मध्ये ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से उकालो लागेको थियो भने एक कारोबार दिन ओरालो लागेको थियो। गत साताको अन्तिम कारोबार दिन नेप्से घटेर बन्द भएको हो।

प्रतिरोध परीक्षणमा

साताको अन्तिम कारोबार दिन नेप्से प्रतिरोध परीक्षण गरी फर्किएको छ। सो दिन नेप्सेले २२०० देखि २२२५ को प्रतिरोध क्षेत्र परीक्षण गरेको छ। यस साता नेप्सेले सो प्रतिरोध तोडेर उकालो लागेमा २३५० देखि २३९० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २०९० देखि २१२० को क्षेत्रमा टेवा पाउने देखिन्छ। 

खरिदकर्ता बलियो

गत साता साप्ताहिक रुपमा नेप्सेले हरियो मैनबत्ती बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। यद्यपि साताको अन्तिम कारोबार दिन बनेको रातो मैनबत्तीले भने सो दिन बजारमा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

बलियो भोल्यूम

यस साता नेप्सेको वृद्धिलाई भोल्यूमले पनि साथ दिएको छ। गत साता दैनिक औषतमा ५ अर्ब ८१ करोडको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ३ अर्ब ६५ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम ५९.१७ प्रतिशत बढी हो।


बुलिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखा र हिस्टोग्राम सबै सकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा माथि रहेको छ। यसका साथै एमएसिडी रेखा पनि सिग्नल रेखाभन्दा माथि रहेको छ। यसले नेप्से परिसूचक बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।


खरिदचाप बढी

यस साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरबट जोनमा रहेको छ। यसले बजारमा बिक्रीचापको तुलनामा खरिदचाप बढी रहेको संकेत गर्दछ।



No comments

Powered by Blogger.