मार्क जुकरबर्ग र एलन मस्कबीच केज फाइट हुँदै
मेटाका सीईओ मार्क जुकरबर्ग र टेस्लाका सीईओ एलन मस्ककाबीचमा केज लडाई हुने भएको छ। टेस्लाका सीईओ एलन मस्कले यस लडाईका लागि दिएकाे चुनौती जुकरबर्गले स्वीकार गरेका छन्
एलन मस्कको ट्विटको जवाफ दिँदै जुकरबर्ग भने,' मलाई स्थान पठाउनुहोस्।' अर्थात् मलाई केज लडाईको स्थान पठाउनुहोस्। मस्कले दुई शब्दहरूका साथ जवाफ दिए, 'भेगास अक्टागन।'
भएकाे के थियाे ?
मेटाले ट्विटर जस्तै प्लाटफर्म सुरु गर्ने कुरा गरेको थियो। डेली मेलले यसबारेमा समाचार पनि प्रकाशित गरेकाे छ। जसको हेडलाइन थियो, "मार्क जुकरबर्ग मास्टरप्लान टु किल अफ ट्विटर रिविल्ड।' एएलएक्स नामका एक ट्विटर प्रयोगकर्ताले ट्विटरमा यसको स्क्रिनसट शेयर गरेका थिए। यस स्क्रिनसटमा प्रतिक्रिया दिँदै मस्कले जुकरबर्गलाई जिस्काउँदै "जक माइ 👅" लेखे।
यसपछि मारियो नफवाल नामको ट्विटर ह्यान्डलबाट जुकरबर्गको नयाँ प्लाटफर्मसँग सम्बन्धित थप विवरणहरू सार्वजनिक गरिएकाे थियाे। मारियो नफवाललाई एलन मस्कले पनि फलाे गरेका छन्। साे जानकारीमा मेटाको नयाँ एपकाे नाम 'थ्रेड' राख्न सकिने बताइएको छ। मेटा साेहि कम्पनी हो जसले स्न्यापच्याट, टिकटक, स्टम्बलअपन,फाेरस्क्वायर, ब्यारियल र क्लबहाउसको कपी गरेकाे थियाे।
जवाफमा Kwmarkoff@aol.com नामक ट्वीटर ह्यान्डलले लेख्यो,' मस्क होसियार भएकाे राम्राे, मैले सुनेको छु उनी अब जु-जित्सु गर्दैछन्। जु-जित्सु निशस्त्र लडाई र शारीरिक प्रशिक्षण को एक जापानी प्रविधि हो। जवाफमा मस्कले लेखे– 'म केज फाइट गर्न तयार छु । जुकरबर्गले इन्स्टाग्राममा प्रतिक्रिया दिए, "मलाई स्थान पठाउनुहोस्।" मस्कले भने, 'भेगास अक्टगन।"
Post a Comment