बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि फेरि २० अर्ब तान्दै केन्द्रीय बैंक

 

बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकले रिभर्स रिपोमार्फत बजारबाट आज मंगलबार (असार १९ गते) २० अर्ब रुपैयाँ राष्ट्र बैंकको ढुकुटीमा तान्न लागेको हो । 
कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ । सोही कारण तरलता सन्तुलन राख्न आज २० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैंक पुगेको हो । राष्ट्र बैंकले १० दिने अवधिको लागि यस रिभर्स रिपो जारी गर्न लागेको हो ।
यो रिभर्स रिपो असार २९ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ । राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् । 
बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्ने गर्छ ।  पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढिरहेको छ । यसअघि पनि केन्द्रीय बैंकले पटकपटक तरलता खिचिसकेको छ । 
बैंक तथा वित्तीय संस्थाले एक आपसमा सापटी लिने अन्तर बैंक ब्याजदर न्यूनतम बिन्दुमा आए पछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर प्रणालीबाट पुँजी खिच्ने गर्छ। केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३.४२% छ ।


No comments

Powered by Blogger.