सन नेपाल र सिटिजन लाइफलाई प्रिमियम भाउमा आइपीओ बिक्री गर्न बोर्डको अनुमति

 


काठमाडौं : नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्सुरेन्स र सिटिजन लाइफ इन्सुरेन्सलाई आइपीओ बिक्री गर्न अनुमति प्रदान गरेको छ । सन नेपालले कुल ९६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । 

सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता २३९ रुपैयाँ र कर्मचारीलाई फेस भ्याल्यू अर्थात प्रतिकित्ता १०० रुपैयाँमै आइपीओ बिक्री गर्न बोर्डले सन नेपाललाई अनुमति दिएको हो । यसले जारी पुँजीको ३०% आइपीओ बिक्री गर्न लागेको हो । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ । 
यता, सिटिजन लाइफले पनि कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । जसमध्ये ५ लाख ६२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बोर्डले सर्वसाधारणलाई प्रिमियमसहित प्रतिकित्ता २४४ रुपैयाँ र कर्मचारीलाई फेस भ्याल्यूमै आइपीओ बिक्री गर्न बोर्डले अनुमति दिएको हो । सिटिजनले पनि जारी पुँजीको ३०% आइपीओ बिक्री गर्न लागेको हो । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

No comments

Powered by Blogger.