नेप्सेमा रावा इनर्जी र मोदी इनर्जीको आइपीओ सूचीकृत, कति पाए ओपनिङ रेन्ज ?
,
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रावा इनर्जी डेभलपमेन्ट र मोदी इनर्जीको आइपीओ सूचीकृत भएको छ । जसमा रावा इनजीको चुक्ता पुँजीका आधारमा कायम कुल २८ लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८३.१० रुपैयाँदेखि २४९.३० रुपैयाँसम्म तोकेको छ । बुधबार सोही मूल्यभित्र रहेर यसको पहिलो कारोबार हुनेछ । ‘आरएडब्लुए’ संकेतमा यसको सेयर कारोबार हुनेछ ।

यता, मोदी इनर्जीको पनि चुक्ता पुँजीका आधारमा कायम २ करोड ९० लाख कित्ता सेयर सोमबार सूचीकृत भएको हो । यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९२.५७ रुपैयाँदेखि २७७.७१ रुपैयाँ रहेको छ । अब बुधबार यसको पहिलो कारोबार सोही मूल्यभित्र रहेर खुला हुनेछ । ‘एमइएल’ संकेतमा सेयर कारोबार हुनेछ ।
Post a Comment