अपि पावरको हकप्रद शेयरमा आवेदन दिन योग्य हुने आज अन्तिम दिन(Book Closer)
अपि पावर कम्पनी लिमिटेड (API) ले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि भोली अर्थात असार २२ गते शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्दैछ। तसर्थ, आज (असार २१ गतेसम्म) कारोबार गरी कायम हुन आएका शेयरधनीहरु हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।
अपि पावरले चुक्ता पूँजीको ४०% (१: ०.४०) ले हुने रु १०० अंकित मुल्यको १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
हकप्रद शेयर निष्काशनका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
Post a Comment