सहकारी संघ सस्थालाई विभागकाे निर्देशन, ब्याज साउन १५ गतेभित्र भुक्तानी गरे यसै आर्थिक वर्षको आयको रुपमा गणना गर्नु

 


संघीय सहकारी विभागले सहकारी संघ संस्थाका लागि नयाँ निर्देशन दिँदै ब्याज साउन १५ गतेभित्र भुक्तानी गरे यसै आर्थिक वर्षको आयको रुपमा गणना भनेकाे छ । विभागले बिहीबार पाँच बुँदे निर्देशन जारी गर्दै यसाे भनेकाे हो ।

विभागले सहकारी क्षेत्रको पुर्नःउत्थान गर्नका लागि सहकारी ऐन, २०७४ को दफा २३, दफा २५ को खण्ड (ज) र दफा ९५(५) एवं सहकारी नियमावली, २०७५ को नियम ७२ (३) र नियम ७६ (१) झ. बमोजिम निर्देशन जारी गरेको हो ।

निर्देशन यस्तो छ

१. सहकारी संघ-संस्थाले आफ्ना सदस्यहरूसंग नियमित समन्वय र सम्पर्क गर्दै सदस्य केन्द्रित सेवा प्रवाह गरी सदस्यहरूको विश्वास आर्जनमा केन्द्रित हुने ।

२. वित्तीय साक्षरता कार्यक्रम संचालनमा जोड दिँदै संघ-संस्थाको वचत वृद्धि र भाखा नाघेको ऋण असुलीलाई प्रभावकारी बनाउने ।

३. ऋणी सदस्यहरूमा परेको प्रभाव मूल्यांकन गरी सदस्यको मागका आधारमा गत आर्थिक वर्षमा खराव ऋणीको सूचीमा नपरेका तथा गत आर्थिक वर्षमा कर्जा पुर्नतालिकीकरणको सुबिधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा बाँकी साँवालाई ३ महिनाको अवधिका लागि मात्र पुर्नतालिकीकरणको व्यवस्था गर्न सकिने ।

४. कृषि उत्पादन तथा सेवासँग जोडिएका सहकारी संघ-संस्थाले कृषि उत्पादन वृद्धि, सामुहिक खेती प्रवर्द्धन, सदस्यहरूको उत्पादनको वजारीकरण गरी सदस्यहरूलाई कृषिको व्यवसायिकरण गर्न प्रेरित गर्ने ।

५.यस आर्थिक वर्ष २०७९/८० को व्याज २०८० श्रावण १५ गतेभित्रमा भुक्तानी प्राप्त भएमा यसै आर्थिक वर्षको आयको रुपमा गणना गर्ने छुट सुविधा प्रदान गर्ने ।



No comments

Powered by Blogger.