रिलायबल नेपाल लाईफले पायाे प्रिमियम मूल्यमा आइपिओ निष्काशनकाे अनुमति

 

रिलायबल नेपाल लाईफले पायाे प्रिमियम मूल्यमा आइपिओ निष्काशनकाे अनुमति

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ।  

कम्पनीले १०० रुपैयाँ अंकित दरमा रू १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएकाे हो।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ निष्काशन गरेपश्च्यात कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ।

कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी त्रिपल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा मध्यम स्तरले सुरक्षित रहेको जनाउँने गर्दछ।

No comments

Powered by Blogger.