घट्यो पेट्रोलियम पदार्थको भाउ, अब के को कति तिर्नुपर्छ ?


 काठमाडौं : भारतबाट घटेर आएपछि नेपाल आयल निगमले यहाँ पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेटदेखि लागू हुने गरी इन्धनको मूल्य घटेको जानकारी दिएको हो । समग्रमा प्रत्येकमा प्रतिलिटर ५ रुपैयाँका दरले भाउ घटेको छ । 

निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा पहिलो, दोस्रो र तेस्रो वर्ग अनुसार मूल्य घटाएको छ । जसअनुसार पेट्रोलमा प्रतिलिटर ७.५० रुपैयाँ, डिजेल तथा मट्टितेलमा क्रमशः ६ रुपैयाँ र ५ रुपैयाँका दरले भाउ घटाएको हो । 
नयाँ दर अनुसार अब पेट्रोल भारतसँगको सीमावर्ती क्षेत्रमा प्रतिलिटर १६७ रुपैयाँ ५० पैसासम्म पर्छ भने काठमाडौं, पोखरा र दिपायल लगायतका क्षेत्रमा प्रतिलिटर १७० रुपैयाँ भाउ तोकिएको छ । डिजेल र मट्टितेलमा १४७ रुपैयाँ ५० पैसादेखि १५० रुपैयाँसम्म भाउ तोकिएको छ । तर खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् राखिएको छ । 
भाउ घटेपछि उपभोक्ताले केही राहत पाउने भएका छन् । विगतमा इन्धनको मूल्य नकिै बढ्दा सर्वसाधारणको जनजीवन नै प्रभावित हुने अवस्थामा पुगेको थियो ।  
ठाउँ अनुसार मूल्य फरक पर्ने भएको छ । अन्तर्राष्ट्रिय बजारमै भाउ घटेपछि नेपालमा पनि क्रमशः मूल्य घट्दै गएको अवस्था छ । 

No comments

Powered by Blogger.