ङादी ग्रुप पावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
ङादी ग्रुप पावर (NGPL) ले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले गण्डकी प्रदेश, समजुङ जिल्ला स्थित ४.९५ मेगावाटको सिउरीखोला साना जलविद्युत आयोजनाबाट २०६९ साल असोज ३० देखि निरन्तर विद्युत उत्पादन गर्दै आइरहेको छ ।
ङादी ग्रुप पावरद्वारा संचालित आयोजनाको मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न कम्पनीले आफ्नो आयोजनाको सञ्चित मुनाफा, बैंक ऋण लगायतका बैकल्पिक स्रोतबाट मात्रै रकम जोहो गर्न नसकेकोले हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
उक्त हकप्रद शेयर प्रस्ताव ङादी ग्रुपले विद्युत नियमन आयोग समक्ष स्वीकृतीका लागि पेश गरेको छ ।
Post a Comment