तेह्रथुम पावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।कम्पनीले जारी पूँजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद सेयरबाट प्राप्त रकम कम्पनीद्वारा सञ्चालित क्यासकेट परियोजनाको रुपमा रहेको खोरुङ्गा जलविद्युत आयोजनामा लगानी गर्नेछ ।
Post a Comment