नेशनल हाईड्रोपावरको हकप्रद शेयरमा असार २९ गतेबाट आवेदन दिन सकिने

 


नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड (NHPC) ले यहि असार २९ गतेबाट हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीले असार १ गते हकप्रद शेयर प्रयोजनार्थ शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गरेको थियो। तसर्थ, जेष्ठ ३२ गतेसम्म कारोबार गरी कायम हुन आएका शेयरधनीहरु हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।

नेशनल हाईड्रोपावरले हाल कायम चुक्ता पूँजी रु १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार ९ सय ४३.५५ को दश शेयर बराबर नयाँ पाँच शेयर (१०:५) को अनुपातमा रु १०० अंकित दरका ८२ लाख २१ हजार ४ सय ५९.७१७८ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

इच्छुक शेयरधनीले नेशनल हाईड्रोपावरको हकप्रद शेयरमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नुहुनेछ। 

कम्पनीको हकप्रद शेयर निष्काशन श्रावण १८ गते बैंकिङ्ग समय पश्च्यात बन्द गरिनेछ। हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

No comments

Powered by Blogger.