मलाई त आयो, तपाईलाई पनि बैंकबाट फोन आयो ?

 

बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई अहिले धमाधम ब्याज तिर्न बैंकले फोन गर्न थालेका छन् । बैंकका कर्मचारीहरु असार २५ गते भित्र बैंकको ब्याज तिर्न ऋणीहरुलाई ताकेका गरिरहेका छन् ।

बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी गर्ने दुई जना भेट हुने वित्तीकै ‘मलाई त बैंकबाट ब्याज तिर्न फोन आयो, तपाईलाई आयो कि आएन ?’ भन्न थालिहाल्छन् । बैंकहरुले पनि आर्थिक वर्षको अन्तिम भएकाले ऋणको ब्याज असुली गर्न बारम्बार फोन गर्न थालेका छन् ।

लगानीकर्ताले पनि धमाधम शेयर बिक्री गरेर ब्याज तिर्न थाल्दा शेयर बजारमा थोरै ‘करेक्सन’ आएको छ । एक महिनामा करिव २५४ अंकले बढेको शेयर बजार असार मसान्तको प्रभावले फेरि घट्न पुगेको छ । गत आइतबार ५३.७० अंकले घटेको शेयर बजार सोमबार पनि २१.३२ अंकले घट्न पुग्यो ।

मंगलबार भने नेप्सेमा झिनो सुधार आयो । मंगलबार १२.७३ अंकले बढेर २०८८.७० अंकमा पुगेको छ । 

बैंकिङ प्रणालीमा प्रयाप्त मात्रमा लगानीयोग्य रकम (तरलता) भएपनि बजार घट्नुलाई लगानीकर्ताहरुले असार मसान्तको प्रभाव भन्ने गरेका छन् । चालु आर्थिक वर्षको अन्तिममा बैंकहरुले लगानी भन्दा पनि साँवा, ब्याज असुलीलाई तिब्रर्ता दिएका छन् । त्यसले पनि शेयर बजारमा थोरै ‘करेक्सन’ आएको उनीहरुको भनाइ छ ।

तर, यो करेक्सन थोरै दिनको ‘पाहुँना’ जस्तै मात्र भएको उनीहरुको भनाइ छ । बैंकको ब्याज तिर्नका लागि अझै २,४ दिन करेक्सन आउन सक्छ । तर, त्यसपछि भने पुनः बजार उकालो लाग्ने अनुमान लगानीकर्ताले गरेका छन् । 

‘बैंकको फोन पनि बज्न छाडेपछि शेयर बजार पनि बढ्ने छ,’ एक लगानीकर्ताले भने, ‘बैंकको घन्टीले गर्दा नेप्सेमा करेक्सन आएको हो । घन्टी बज्न छाडेसँगै बजार पनि बढ्छ ।’

No comments

Powered by Blogger.