एनएलजी इन्स्योरेन्सलाई हकप्रद शेयर निष्काशन गर्न प्राधिकरणको अनुमति


 नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स (NLG) लाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । हकप्रद निष्काशन कडाई गर्दै आएको प्राधिकरणले एनएलजी इन्स्योरेन्सलाई भने हकप्रद शेयर निष्कनशन गर्न अनुमति दिएको हो ।प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको जानकारी गराए ।  

प्राधिकरणको निर्देशन अनुसार असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको छ । 

कम्पनीले ६६ प्रतिशत अर्थात ९६ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड २२ लाख रुपैयाँ पुग्नेछ । 

हकप्रद शेयर निष्काशन पश्चात पनि कम्पनीको चुक्ता पूँजी नपुग्ने देखिन्छ । कम्पनीले हकप्रद निष्काशन पश्चात पनि पूँजी नपुगे सो बराबरको बोनस शेयर निष्काशन गरेर पूँजी पुर्याउने तयारी गरेको छ ।

No comments

Powered by Blogger.